कपिलवस्तुमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण


appharu

२० चैत्र २०७८, आईतवार ०८:३२ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनका लागि ५ दलीय संयन्त्र निर्माण गरिएको छ । कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाँच दलका नेताहरुको बैठकले कांग्रेस जिल्ला सभापति अब्दुल कलामको अध्यक्षतामा ५ सदस्यीय संयन्त्र गठन गरिएको हो ।

सो संयन्त्रमा नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष रामचन्द्र शाह, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य छन । संयन्त्रले चुनावी तालमेल बारे आवश्यक छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्