प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत


appharu

२५ चैत्र २०७८, शुक्रबार २०:०५ मा प्रकाशित

????????????????????????????????????

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा नारायणप्रसाद दाहाललाई मनोनीत गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्