महानगरको उपमेयरमा सिट बाँडफाँड, कस्ले कहाँ पाए ?


appharu

६ बैशाख २०७९, मंगलवार २०:५९ मा प्रकाशित

काठमाडौं ।
महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ ।

बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ ।

यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उपमेयरको टिकट सुनिश्चत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्