दूरदर्शी महिला कृषि सहकारीद्वारा रक्तदान


appharu

१५ बैशाख २०७९, बिहीबार १३:१८ मा प्रकाशित

पालिकापत्र ।
बुटवल । दूरदर्शी महिला कृषि सहकारी संस्था लिं बुटवलले आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान गरेको छ । कार्यक्रममा सहकारीका सदस्य लगायत ३३ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको सहकारीकी अध्यक्ष मिना कार्कीले जानकारी दिइन् । सहकारीले रक्तदान कार्यक्रमलाई नियमित गर्दै आएको छ । सहकारीमा करिब १८ सय जना महिला आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्