तिलोत्तमा ११ का वडा अध्यक्ष उम्मेदवार बरालका यस्ता छन् प्रतिवद्धता


appharu

१५ बैशाख २०७९, बिहीबार २२:४८ मा प्रकाशित

पालिकापत्र
तिलोत्तमा । स्थानीय तह चुनाव नजिकिएसंगै उम्मेदवारहरुले मतदाता सामु आफ्ना प्रतिवद्धता जाहेर गर्दै मतदाताको घरदैलोमा पुगेर विश्वास जित्ने प्रयत्न गरिरहेका छन् । यसैक्रममा तिलोत्तमा नगपालिका वडा नंं ११ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार विष्णु बरालले पनि विभिन्न प्रतिवद्धता जनाएका छन् । उनले शिक्षा, स्वास्थ्य,कृषि र र्पटनका माध्यमबाट पछाडि परेको वडालाई विकसित बनाउने बताएका छन् । वडामा रहेको अब्यवस्थित बसोबासीको समस्यालाई एमालेको सरकार बनेको खण्डमा एक वर्षभित्र समाधान गरी लालपुर्जा दिन आफूले पहल गर्ने बरालको प्रतिवद्धता छ । यस्तै वडामा सिंचाई सुविधा नपुगेका स्थानमा बाह्रै महिना सिंचाई सुविधा पु¥याई जमिन बांझो नरहने गरी आधुनिक कृषिको विकास गर्ने र कृषकले उत्पादन गरेका वस्तु कृषि सहकारीमार्फत खरिद गरेर किसानलाई आयआर्जन गराउने ,विदेश जाने युवालाई रोजगारी मिलाउने उम्मेदवार बरालको योजना छ । यस्तै वडाभित्र रहेका ४ वटा सरकारी विद्यालयमा पुर्वाधार थप, शिक्षक दरबन्दी थप गर्ने र सूचना प्रविधिमैत्री बनाउने, सुखौरा र रोहिणी नदीको कटानबाट वस्तीलाई सुरक्षित बनाउने , स्वास्थ्य सेवालाई सहज बनाउने र सरकारले दिने निशुल्क औषधि अभाव हुन नदिन वजेटको व्यवस्था गर्ने उम्मेदवार बरालको प्रतिवद्धता छ । यस्तै वडाभित्रका विद्युत पोलहरुको सही व्यवस्थापन गरेर सुरक्षित बनाउने ,सडक पुर्वाधार थप्ने योजना रहेको बताए । आफू स्वास्थ्यकर्मी भएर तथा हार्डवेयर व्यवसायी भएर जनतासंग परिचित पात्र भएकाले अब जनताको काममा प्रत्यक्ष जोडिने उद्देश्यले उम्मेदवार बनेको र गत चुनाव भन्दा धेरै मतले जित्ने दावी बरालको छ ।वडा अध्यक्ष उम्मेदवार बरालको टिममा वडा सदस्यहरुमा राधा शाही ठकुरी,सुनिल्का खवास,उमेशचन्द्र बस्याल र लक्ष्मी विश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्