एमालेको बिजुली बत्तीमा झुटो राजनीति, भलवाडमा बिजुली बाल्ने शिक्षकबाट अवकाश प्राप्त पौडेल थिएनन्


appharu

२४ बैशाख २०७९, शनिबार १५:५५ मा प्रकाशित

पालिका पत्र, वाणगंगा ।
आसन्न बैशाख ३० को निर्वाचन नजिकिदै जादा कपिलवस्तुको भलवाडमा बिजुली बत्ती मै राजनीति गर्मागर्मी बढेको छ ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा बिजुली बत्ती बाल्न दिनरात खटिनेले भन्दा यसमा भूमिका नै नभएकाले जस लिन खोजेपछि राजनीति गर्मागर्मी यहाँ बढेको हो ।

वाणगंगाको भलवाड नगरमा पछाडी परेको वडा हो । अर्घाखाँचीसंग जोडिएको भलवाडमा हालै मात्र मुख्य सडक पक्की बनेको छ । विकासको गति समात्न थालेको भलवाडमा चुनाव केन्द्रीत घरदैलो चलिरहदा बिजुली बत्ती प्रकरणले थप चर्चा बटुलेको छ ।

एमालेका उम्मेद्वार कमल पौडेलले मिडियालाई प्रतिक्रिया दिंदै आफुले नै भलवाडमा बिजुली बत्ती बालेको भन्दै मत दिएर जिताउन आग्रह गरे ।

एमालेका वडाध्यक्षका उम्मेद्वार पौडेल निवर्तमान शिक्षक हुन् । हालै मात्र शिक्षकबाट अवकाश प्राप्त गरी चुनाव लड्न थालेका पौडेलले बास्तविक बिजुली बत्ती बाल्नेलाई अपमान गरी गलत प्रचार गरेको प्रति भलवाडबासीले असन्तृष्टि व्यक्त गरेका छन् ।

०६४ सालमा भलवाडमा बिजुली बत्ती बोलेको हो । तत्कालिन भलवाडका गाविस अध्यक्ष कुमार मधु बेल्वासे र माओवादीका नेता नारायण खनालको सक्रियतामा यहाँ बिजुली बत्ती बोलेको भलवाडबासी बताउँछन् ।

‘पालिकापत्रसंग संक्षिप्त कुराकानी गर्दै हालका जसपा नेता नारायण खनालले भने, ‘कुमार मधु जि र मेरो सक्रियतामा भलवाडमा बिजुली बत्ती बाल्न सकेका हौं । अहिले चुनाव जित्नैका लागि गरिएको अनर्गल प्रचारको कुनै तुक छैन् । सत्य कुरा भलवाडबासीलाई थाहा छ, किन अपवाह फैलाउन पर्यो र ।’

चुनावको मुखैमा बिजुली बत्तीमा राजनीति गर्नु राम्रो नहुनेमा उनको जोड छ ।

‘समाजको विकास गर्नैका लागि राजनीतिमा हामिएका हौं । गाउँमा बाटो-घाटो, पुल-पुलेसा, बिजुली बत्ती, खानेपानी लगायतको काम गर्नकै लागि अनवरत राजनीतिमा छौं । काम गर्नेले गरे भन्न पर्दैन् जनताले बुझेका छन्, नगर्नेले मात्र हो मैले गरेको हुँ भनेर जस लिने ? उनले प्रश्न गर्दै भने, ‘आएको बिजुली बत्ती घरमा बाल्नेले बिजुली बत्ती भलवाड ल्याएको हुँ भनेर झुटो कुरा गर्न सुहाउँदैन् ।’

तत्कालिन समयमा भलवाडमा पहिलो पटक कुमार मधु बेल्वासे र नारायण खनालको घरमा बिजुली आएको थियो । तर, दुवैले जनताको घरमा बिजुली बले पछि मात्र आफुहरुले बाल्ने भनेका भलवाडबासी सम्झन्छन् ।

सुरुमा बिजुली चौवहामा मात्र आएको भलवाडबासी बताउँछन् । सिंगो गाविस अन्धकार भएको बेला निरन्तरणको सक्रियताले सबै स्थानमा बिजुली पुगेको हो ।

आसन्न निर्वाचनमा वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार रहेका बेल्वासे भलवाडको विकासको प्रमुख सुत्रपात मध्येका एक हुन् । हरेक क्षेत्रमा बेल्वासेको संलग्नतामा भलवाडले काँचुली फरेको छ ।

०३६ साल देखि राजनीतिमा सक्रिय बेल्वासे जीवनभर कुनै जागीर खाएनन् । एमालेबाट राजनीति गर्दै आएका बेल्वासे अहिले अपमानित भएपछि वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । जसलाई माओवादी, समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

भलवाडमा बेल्वासे प्रति मतदाता अकर्षित हुन थाले पछि एमालेले बिजुलीमा राजनीति गर्न थालेको भलवाडबासीको तर्क छ ।
शिक्षक भएर जीवनभर काम गरेका एमाले उम्मेद्वारलाई भलवाडबासीले झुटो नबोलि मतदाता रिझाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्