आशालाग्दा युवाहरु राप्रपाबाट वडा अध्यक्षमा उम्मेदवार : परिवर्तन चाहने मतदाताको भोट पाउनेमा ढुक्क


appharu

२६ बैशाख २०७९, सोमबार १२:३० मा प्रकाशित

पालिकापत्र , बुटवल । बुटवल उपमहानगरपालिकामा यसपटकको स्थानीय तह चुनावमा आफ्नो क्षेत्रमा लोकप्रियता कमाएका प्रतिष्ठित युवा अनुहारहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोजेर वडा अध्यक्षमा उम्मेदवार बनेका छन् ।

ठूला दलहरु भ्रष्टाचारमा लिप्त भएकाले उनीहरुसंग जनता सन्तुष्ट नभएको हुंदा आफूहरु राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा जोडिएर बुटवललाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, स्वच्छ र हराभरा बनाउन उम्मेदवार बनेको उनीहरु बताउंछन् ।

यसरी राप्रपाबाट उम्मेदवार बनेकाहरुमा वडा नं ४ मा पुकार थापा, वडा नंं ६ मा दीपक श्रेष्ठ र वडा नं ८ मा रोनिश श्रेष्ठ छन् । पुकार बुटवल क्यालेस्थेनिकका अध्यक्ष,रुपन्देही जिल्ला साइक्लिङ संघका अध्यक्ष, थापा फर्निचरका सञ्चालक र ट्रेक साइकलका थोक विक्रेता हन् । राजनीतिमा परिवर्तन गरेर देखाउन स्वच्छ छविका युवाको नेतृत्व आवश्यक देखेर आफू राप्रपामार्फत राजनीतिमा प्रवेश गरेको पुकारले बताए ।

यस्तै दीपक श्रेष्ठ हाइवे अटो भिल्ला प्रालि सहित आधा दर्जन बढी अटो मोबाइल्स फर्मका सञ्चालक र जीप्परका सञ्चालक हुन् । अरु दलले राजनीतिलाई ब्यापार बनाइरहेको बताउंदै दीपकले आफू समाजसेवा गर्न राजनीतिमा आएको बताउंछन् । उनले आफू निर्वाचित भएपछि वडावासीको माग र आवश्यकता अनुसार विकास निर्माण लगायतका कार्यक्रमहरु गर्ने र त्यस्ता काममा भ्रष्टाचार शुन्य गर्ने संकल्प गरेको बताउंछन् ।

यस्तै रोनिश बुटवल फर्निचर,फ्लेक्स जोन,डुल्ला शुज शोरुमका सञ्चालक हुन् । उनी राजनीतिमा भाषण र गफ मात्रै धेरै भएको तर काम नभएकाले काम बाट वडालाई रुपान्तरण गर्न राप्रपामा जोडिएको बताए । सुचना प्रविधिमा सबै वडावासीको पहुंच पुराउंदै सुशासन, पारदर्शिता र स्मार्ट वडा बनाउने आफ्नो भिजन रहेको रोनिश बताउंछन् । राजनीतिमा परिवर्तन चाहने हो भने भोट खसाल्दा विचार गर्न र युवा नेतृत्वलाई रोज्नुपर्ने उनको अपील छ । वडा अध्यक्षका तीनैजना उम्मेदवारले परिवर्तन चाहने सबै वडावासीबाट मत पाउने र जित्नेमा ढुक्क भएको दावी गरेका छन् । राप्रपाबाट बुटवलको मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवति पाण्डे उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्