बुटवलमा रगतको अभाव, ४ दिने आकस्मिक रक्तदान आयोजना


appharu

२९ बैशाख २०७९, बिहीबार २२:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । सिंगो मुलुक स्थानीय निर्वाचनमा केन्द्रीत भएका कारण बुटवलसहित देशभर रगतको अभाव हुन सक्ने अवस्था सिर्जना भएको छ । चुनावी सभा, सम्मेलन,जुलुसका कारणले रक्तदानका लागि निर्धारित धेरै कार्यक्रम स्थगित हुँदा रगत अभाव भएको हो । बुटवलमा मात्रै दैनिक ७० देखि १०० युनिट ब्लड माग हुने गर्दछ।
बुटवलमा रगतको अभाव हुन नदिन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैसाख २९ गतेबाट शुरु भएको कार्यक्रम जेठ १ गतेसम्म चार दिन सञ्चालन हुने अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । इच्छुक व्यक्तिले रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आएर रक्तदान गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्