सरुमारानी गापा- ६ प्युठानमा एमाले विजयी


appharu

३१ बैशाख २०७९, शनिबार ०९:४४ मा प्रकाशित

पालिकापत्र, सरुमारानी । प्युठानको सरुमारानी गाउंपालिका वडा नंं ६ मा पांच दलीय गठबन्धनलाई हराउंदै एमाले विजयी भएको छ । वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्