धुलिखेल १ को अध्यक्षमा कांग्रेसका सन्तबहादुर विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १०:४५ मा प्रकाशित

पालिकापत्र, धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा ५७३ मतसहित निर्वाचित भएका छन् । १२८४ मत खसेको वडामा कांग्रेस उम्मेदवारलामा १०६ मतान्तरले निर्वाचित भएका हुन् । एमाले उम्मेदवारले ४६७ मत पाए ।

मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा नम्बर १ को मत गणना सकिँदा बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्