प्युठान नपा – १ मा कांग्रेसकी साधना राउत विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १३:३४ मा प्रकाशित

पालिकापत्र, प्युठान । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर १ मा कांग्रेस माओवादी गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् ।

गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।

मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेतले ७ सय ११ मत पाए ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए ।

मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको चुनावी तालमेल छ ।

प्रतिक्रिया दिनुहोस्