सानीभेरी गापा–२ मा माओवादी केन्द्र विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १३:४१ मा प्रकाशित

पालिकापत्र, सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुनसहित उनको प्यानलै विजयी भएका छन् । पुनले ४ सय ८२ मत पाएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यानलै विजयी भएको थियो । वडा नम्बर २ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्