ताराखोला गापा–५ मा गठबन्धनका रोका विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १४:०३ मा प्रकाशित

पालिकापत्र, ताराखोला । बागलुङको ताराखोला गाउँपालिका–५ मा कांग्रेस माओवादी सहित पांच दलीय गठबन्धन विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनबहादुर रोका ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन् ।

रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्