बुटवल–१मा कांग्रेस छाडेर स्वतन्त्र लडेका बस्नेत विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १६:२० मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि उनलाई पार्टीले कारवाही गरेको थियो । बस्नेत विजयी हुंदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो भएका छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्