सिद्धार्थनगर–१ मा जसपाका उज्ज्वल र २ मा राप्रपाका छेदिलाल विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार ०८:२३ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नंं १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी भएका छन् । पोखरेलले ७ सय ५८ मत ल्याएर विजयी भएका सिद्धार्थनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । पोखरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् । यसैगरी वडा नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव विजयी भएका छन् । उनी ४ सय ४३ मतसहित विजयी हुंदा नेकपा एकीकृत समाजवादीका सुशिल कुमार पुनले ४ सय ३६ मत प्राप्त गरेका छन् ।
सिद्धार्थनगर नगर पालिकाको प्रमुखमा नेपाली कांग्रेसका ईस्तियाक अहमद खाँनले अग्रता कायमै राखेका छन् । राप्रपाका सागरप्रताप राणा दोस्रो स्थानमा छन् । नेकपा एमालेका डा. रामप्रसाद बस्याल तेस्रो र जसपाका मातृकाप्रसाद यादव चौथो सथानमा छन् । उपप्रमुख पदमा भने राप्रपाकी बिनिता गुप्ताले अग्रता लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्