शुद्धोधन–२ को वडाध्यक्षमा १२ मतले कांग्रेसका खड्का विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १४:१२ मा प्रकाशित

नगेन्द्र केसी / पालिकापत्र, शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नंं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री १२ मतको अन्तरले निर्वाचित भएका छन् । ३६ सय २० मत खसेको वडामा खड्काले १३१८ मत पाएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किरण नेपालले १३०६ मत पाएका गाउपालिकाका निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए । किरण एमाले नेता घनश्याम भुसालका पुर्व स्वकीय सचिव हुन् । राप्रपाका हरिहर प्रसाद चौधरी थारुले ७८५ मत पाएका छन् । यसअघि वडा नं १ मा जनता समाजवादीका उम्मेदवार एक मतको अग्रताले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्