सैनामैना १ मा माओवादीका भुवनसिंह थापा विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १४:३३ मा प्रकाशित

पालिकापत्र, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अध्यक्षमा भुवनसिंह थापा निर्वाचित भएका छन् । सैनामैनामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ । थापा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । थापाले २ हजार ३ सय ९१ मत प्राप्त गरेर विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केहरसिंह २ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । केहरसिंह थापा निवर्तमान वडाध्यक्ष हुन् ।
सैनामैनामा मेयरमा कांग्रेसका फणिन्द्र शर्मा र उपमेयरमा माओवादी केन्द्रका मानबहादुर महतले अग्रता लिएका छन् । यहां मेयरमा एमालेबाट निवर्तमान मेयर चित्रबहादुर कार्की र उपमेयरमा विना मगर निकटतम प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया दिनुहोस्