मायादेवी १ मा एमालेका पल्टु विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १७:३२ मा प्रकाशित

पालिकापत्र, मायादेवी । रुपन्देहीको मायादेवी गाउपालिका वडा नंं १ को अध्यक्षमा एमालेका पल्टु लोध निर्वाचित भएका छन् । लोधले ७२२ पाएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका तप्पनाथ पाण्डेले ५८८ मत पाएका छन् । यस्तै नेपालका लागि नेपाली पार्टीका राम औतार यादवले ५२१ मत पाएर तेस्रो स्थानमा रहेका छन् । जनमत पार्टीका
ओबैदुर रहमान मुसलमानले ३३६, नेपाली काँग्रेसका अब्दुल करिम मुसलमानले १९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम गुप्ताले १२०,
माओवादी केन्द्रका सौकत अलि मुसलमानले ५८ मत, लोकतान्त्रिक समाजवादी पार्टीका बिन्दा राम यादबले ५५ मत र स्वतन्त्र उम्मेदवार चिनकप्रसाद यादबले १ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्