कञ्चन १ मा एमालेका थारु विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १७:४५ मा प्रकाशित

पालिकापत्र,कञ्चन । रुपन्देहीको कन्चन गाउंपालिका वडा नंं १ को अध्यक्षमा नेकपा एमालेका हरिनारायण थारु निर्वाचित भएका छन् । उनी निवर्तमान वडाध्यक्ष हुन् । थारुले नेपाली कांग्रेसका चन्द्र बहादुर रानालाई ९५ मतको अन्तरले जित हासिल गरेका हुन् । थारुले १६३७ मत पाएर निर्वाचित हुंदा रानाले १५४२ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका खगेश्‍वर भुसालले
५६ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका उम बहादुर थापाले ५२ मत, मंगोल नेशनल अर्गनाइजेसनका गजबिर थापाले
४१ मत, राष्ट्रिय जनमोर्चाका खडक बहादुर घर्ति क्षेत्रीले ३८मत, जनमत पार्टीका बल्लन मल्लाहले २६ र स्वतन्त्र उम्मेदवार
पुने सुनारले २० मत पाएका निर्वाचन अधिकृत देबेन्द्रराज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्