ओमसतिया २ मा कांग्रेसका शितल विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १८:०१ मा प्रकाशित

पालिकापत्र,ओमसतिया । रुपन्देहीको ओमसतिया गाउंपालिका वडा नंं २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार शितल जीटीले नेकपा एमालेका रामु काफ्लेलाई पराजित गरेका हुन् । जिटीले ८६१ र काफ्लेले ६३६ मत पाएका छन् । यस्तै जनमत पार्टीका करदवन थारुले ५४३ मत पाएर तेस्रो भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लोक बहादुर मल्लले ४०४, जनता समाजवादी पार्टीका रवि सहानीले ६६ मत र लोकतान्त्रिक समाजवादी पार्टीका गणेश प्रसाद श्रेष्‍ठले २ मत पाएका निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्