गैडहवा २ बाट जनमतले खोल्यो खाता, सराजुद्धीन धुनिया विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १९:४३ मा प्रकाशित

पालिकापत्र,गैडहवा । रुपन्देहीको गैडहवा गाउपालिका वडा नंं २ को अध्यक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जितेको छ । जनमतका सराजुद्धीन धुनियाले ५७८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका कडकबहादुर अहिरले ५६२ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टीका तुलबहादुर पुनले
४८१, नेपाली काँग्रेसका अवधेश कुमार गुप्ताले ४४४, नेपाल कम्युनिष्ट पार्टी एमालेका
त्रिभुवन पासीले १६९, राष्ट्रिय प्रजातन्त्र पार्टीका अब्दुल रहमान मुसलमानले १५७ , माओवादी केन्द्रका विष्णु यादवले ८२ र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका पुरुष
नेपाल कम्युनिष्ट पार्टीका लतीफ मुसलमानले १७ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्