बुटवल १९को वडाध्यक्षमा एमालेका चन्द्रसिंह विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार ०६:४४ मा प्रकाशित

पलिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका चन्द्र सिंह थापा मगरले नेपाली कांग्रेसका मिनप्रसाद श्रेष्ठलाई ३२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । थापाले १०८५ र श्रेष्ठले १०५३ मत प्राप्त गरेका निर्वाचन अधिकृत लेखनाथ पौड्यालले जानकारी दिए । यो वडा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको वडा हो । मतपरिणाम अनुसार राप्रपाका निर्दोष खत्रीले १३४,माओवादी केन्द्रका केशव बहादुर कुवरले ६०, मंगोल नेशनल अर्गनाइजेसनका मोमबहादुर रानाले ३५ र नेकपा एकीकृत समाजवादीका गौरब राना मगरले ३१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्