सिद्धार्थनगरको ३ र ४ मा राप्रपाको प्यानलै विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १०:१३ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै बिजयी भएको छ।

आइतबार राति सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपाका नारायणप्रसाद उपाध्याय र वडा नम्बर ४ मा भोला यादव विजयी भएका हुन्।

वडा नम्बर ३ र ४ मा राप्रपाको तर्फबाट उम्मेदवारी दिएका सबै प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भोला यादव २०७४ को चुनावमा जसपाबाट निर्वाचित भएका थिए । चुनाव अघि उनी राप्रपा प्रवेश गरेका थिए ।

यस अघि सिद्धार्थनगर नगरपालिका वडा नम्बर दुईमा पनि राप्रपाका उम्मेदवार छेदिलाल श्रीवास्तव सहित पुरै प्यानल विजयी भएको थियो।

सिद्धार्थनगर ३ बाट वडा अध्यक्षमा निर्वाचित उपाध्याय यस अघि २०७४ सालको स्थानिय तह निर्वाचनमा वडा सदस्यमा राप्रपाबाट निर्वाचित भएका थिए। वडा नंं १ मा जसपाका उज्ज्ल पोखरेल र वडा नंं ५ मा नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्