तिलोत्तमा १ को वडाध्यक्षसहित प्यानलै एमाले विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १०:३७ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नंं १ को वडाध्यक्ष र चारजना सदस्य हित नेकपा एमालेको प्यानलै विजयी भएको छ । यो वडा २०७४ को चुनावमा पनि एमालेले जितेको थियो । एमालेका फर्सुराम गिरीले कांग्रेसका जोबनसिंह ठकुरीलाई १५६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । गिरीले १ हजार ९ मत पाएर विजयी हुंदा ठकुरीले १ हजार ४४३ मत प्राप्त गरेका छन् । वडामा ४ हजार ७७ मत खसेको थियो । तिलोत्तमामा वडा नं १७ पनि गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्