बुटवल– १८ को वडाध्यक्षमा एमाले विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १४:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नंं १८ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार गुरुप्रसाद पंगेनी नेपाली कांग्रेसका गोले प्रसाद चौधरीलाई १९ मतले पछि पार्दै वडाध्यक्ष निर्वाचित भएका हुन् । वडामा १६९९ मत खसेको थियो । यसअघि बुटवलको वडा नंं १९ मा पनि एमालेका चन्द्रसिंह थापामगर विजयी भएका थिए । १९ वडा रहेको बुटवलमा वडा नंं १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत,२ मा एकीकृत समाजवादीका सुनिल शाक्य, ३ मा माओवादी केन्द्रका विष्णु ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्