बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्मा दोब्बर मतान्तरले प्यानलसहित विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १७:५२ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरिश्वर पौडेल विजयी भएका छन् । एमालेका निवर्तमान वडाध्यक्ष करिब ५ सय मत अन्तरले टंक पराजुलीलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । नरिश्वरले १९ सय २५ मत पाएर विजयी हुंदा एमालेका पराजुलीले १०४२ मत पाए । पौडेलसहित वडामा गठबन्धनको प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित पौडेल बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं विभिन्न उद्योग व्यवसायका सञ्चालक हुन् । उनी बागलुङबाट बसाई सरेर बुटवल आएका हुन् ।बुटवलका १९ वडामध्ये १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत,२ मा एकीकृत समाजवादीका सुनिल शाक्य,३ मा माओवादी केन्द्रका विष्णु ढकाल,१८ र १९ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्