तिलोत्तमा १७ को वडाध्यक्षमा कांग्रेसका दानबहादुर दोब्बर बढी मतले विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार २२:२९ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ नंं को वडाध्यक्षमा नेपाली कांग्रेस दोब्बर बढी मतान्तरले विजयी भएको छ । नेपाली कांग्र्ेसका दानबहादुर चौधरीले २२१० मत पाएर निर्वाचित हुंदा नेकपा एमालेका लोकनाथ पाण्‍डेले १०२८ मत पाएका छन् । यो वडा तिलोत्तमाकी उपमेयर जागेश्वरी चौधरीको वडा हो । उनी यसपटक पनि उपमेयर उम्मेदवार छन् । दानबहादुर २०७४ को चुनावमा पनि कांग्रेसबाटै वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप थारुले ३८०, माओवादी केन्द्रका ओम नारायण थारुले ५९ र जनमत पार्टीका मुनेश्वर चौधरी थारुले ४७ मत पाएका छन् । यसअघि तिलोत्तमाको वडा नंं १ मा एमालेका फर्सुराम गिरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्