बुटवल १७ को वडाध्यक्षमा कांग्रेसका ज्ञानबहादुर रेश्मी विजयी


appharu

३ जेष्ठ २०७९, मंगलवार ०७:३० मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिका वडा नंं १७ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । २५९० मत खसेको वडामा कांग्रेसका ज्ञानबहादुर रेश्मीमगर १२४६ मत पाएर निर्वाचित हुंदा नेकपा एमालेका गंगा प्रसाद न्‍यौपानेले ९६१ मत पाए । यो वडामा कांग्रेसले चारजना सदस्य सहित प्यानलै जितेको हो । जनता समाजवादी पार्टी, नेपालका विजय ढकालले ९३ मत पाएर तेस्रो हुंदा राप्रपाका सागरप्रसाद अधिकारीले ८० र मंगोल नेशनल अर्गनाइजेसनका बुद्धिमान रखालीले २६ मत पाएका छन् । बुटवलका १९ मध्ये हालसम्म वडा नं १,२,३,४,१८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्