बुटवल ५ को वडाध्यक्षमा कांग्रेसका हरि श्रेष्ठसहित प्यानलै विजयी,मेयरमा खेलराजको जित करिब पक्का


appharu

३ जेष्ठ २०७९, मंगलवार ०८:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडामा नेपाली कांग्रेसका उम्मेदवार हरि श्रेष्ठ प्यानलै सहित विजयी भएका हुन् । श्रेष्ठले एमालेका उम्मेदवार जलिल मियालाई पराजित गरेका छन् । श्रेष्ठ जिल्ला फुटबल संघ रुपन्देहीका पुर्व अध्यक्ष एवं एन्फा पुर्व केन्द्रीय सदस्य हुन् । यसअघि एमालेले जित्दै आएको यो वडामा १२ सय ९६ मत खसेको थियो । यो संगै कांग्रेसले वडा नं ४ र १७ गरी ३ वटा वडामा जित निकालेको छ । हालसम्म वडा नं १,२,३,४,१७,१८ र १९ को परिणाम सार्वजनिक हुंदा मेयर पदमा पांच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका खेलराज पाण्डेको जित सुनिश्चित जस्तै भइसकेको छ । खेलराज एमालेका बाबुराम भन्दा ४ हजार भन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्