बुटवलका १९ वडा : कुन वडामा कस्ले जिते ?


appharu

३ जेष्ठ २०७९, मंगलवार १९:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपहानगरपालिकाको स्थानीय तह निर्वाचन अन्तर्गत मंगलबार सांझसम्म १९ वटा मध्ये १० वटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ५ वटा ,एमालेले २ वटा, माओावदी,एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
वडा नं १ – नरेन्द्र बस्नेत स्वतन्त्र ,
वडा नं २ – सुनिल शाक्य नेकपा एस
वडा नं ३ – विष्णु ढकाल माओवादी केन्द्र
वडा नं ४ – नरिश्वर शर्मा पौडेल नेपाली काँग्रेस
वडा नं ५ – हरि प्रसाद श्रेष्ठ नेपाली काँग्रेस
वडा नं ६ – लोकनाथ न्यौपाने नेपाली काँग्रेस
वडा नं १६ – कृृष्ण प्रसाद पौडेल नेपाली काँग्रेस
वडा नं १७ – ज्ञान बहादुर रेस्मी नेपाली काँग्रेस
वडा नं १८– गुरुप्रसाद पंगेनी नेकपा एमाले
वडा नं १९– चन्द्रसिंह थापा नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्