मेयर शिव सुवेदीको वडामै एमाले पत्तासाफ,कांग्रेसका पदम गाहाले वडा अध्यक्ष जित्ने निश्चित


appharu

४ जेष्ठ २०७९, बुधबार ०५:३१ मा प्रकाशित

पालिकापत्र,बुटवल । मेयर शिवराज सुवेदीको वडामै एमाले पत्तासाफ हुने भएको छ । बुटवल–७ को वडाध्यक्षमा भएको निर्वाचनमा आधा मत गणना सकिंदा कांग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ५ सय बढी मतान्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । हरेक सय मत गन्दा गाहा १५ भोटले अग्रता लिइरहेका छन् । अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवारकै अग्रताले मेयर सुवेदी आफ्नै वडामा कतिसम्म अलोकप्रिय रहेछन् भन्ने पुष्टी गरेको वडावासी हरि क्षेत्रीले बताए । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिन लागेको हो । कांग्रेस युवा नेता प्रजापाल गिरीले वडा नंं ७ मा ५ सय बढी मतान्तरले चुनाव जित्ने निश्चित भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्