एमालेका जिल्ला र नगर अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका नारायण पुन विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०८:२० मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगर–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण पुन विजयी भएका छन् । उनी २०७४ को चुनावमा पनि निर्वाचित भएका थिए । पुनले एमालेका शोभारखर पोखरेललाई करिब डेढ सय मतको अन्तरले पराजित गरेका हुन् । बुटवल वडा न. १३ नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नगर अध्यक्ष किसन ज्ञवालीको बसोबास क्षेत्र हो । यो संगै कांग्रेसले बुटवलका १९ मध्ये मत गणना सकिएका १४ वडा मध्ये ४,५,६,७,१३, १५,१६ र १७ गरी ८ वटा वडा जितेको छ । वडा नं १ स्वतन्त्र,२ एकीकृत समाजवादी,३ माओवादी, १४,१८ र १९ नंं एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्