सुस्ता गाउंपालिका नवलपरासीमा कांग्रेस विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार १३:४४ मा प्रकाशित

पालिकापत्र,सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । निर्वाचित अध्यक्ष टेकनारायण उपाध्यायले एमालेका रामप्रसाद पाण्डेलाई २ सय ७५ मत अन्तरले पराजित गरेका छन् । उपाध्यायले ६२ सय ७० ल्याउँदा पाण्डेले ५९ सय ९८ मत ल्याएका छन् । पराजित एमालेका दुवै जना उम्मेदवार २०७४ को चुनावमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
उपाध्यक्षमा गीता चौधरीले इन्द्रकुमारी थरुनीलाई ६ सय २१ मत अन्तरले पराजित गर्दै विजयी भइन् । गिताले ६६ सय ५ ल्याउँदा इन्द्रकुमारीले ५९ सय ८४ मत ल्याएकी छन् ।
५ वटा वडा रहेको पालिकामा ३ वडा नेपाली कांग्रेस र २ वडा एमालेले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्