वडाध्यक्ष छेदिलाललाई शुभकामना ज्ञापन


appharu

६ जेष्ठ २०७९, शुक्रबार ११:२३ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । नेपाल चीन मैत्री समाज लुम्बिनीले आफ्ना कार्यसमिति सदस्य छेदिलाल श्रीवास्तव सिद्धार्थनगर नगरपालिका वडा नंं २ को वडाध्यक्षमा निर्वाचित भएकोमा शुभकामना ज्ञापन गरेको छ । समाजले शुक्रबार भैरहवामा एक औपचारिक कार्यक्रम गरी शुभकामना ज्ञापन गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले वडाध्यक्ष श्रीवास्तवलाई आफ्नो वडामा सुशासन कायम गर्दै जनताको माग र आवश्यकता अनुसारका विकास निर्माण गर्न सुझाव दिएका थिए ।
समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षता र महासचिव मनिषकुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गोबिन्दप्रसाद रेग्मी,कोषाध्यक्ष जनक पन्त, कार्यसमिति सदस्यहरु डा. ऋषिराम शर्मा,खिमबहादुर खत्री लगायतले शुभकामना ज्ञापन गरेका थिए । राप्रपाबाट निर्वाचित वडाध्यक्ष श्रीवास्तवले आफूले समाजलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्