तिलोत्तमा १६ मा कांग्रेसको प्यानलै विजयी


appharu

७ जेष्ठ २०७९, शनिबार १०:०७ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १५ को वडाध्यक्षसहित पुरै प्यानल नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा झविलाल भुसाल निर्वाचित भएका छन् । शनिबार विहान सम्पन्न मत गणनामा भुसालले १४७५ मत प्राप्त गर्दै विजयी हुन सफल भएका हुन् ।

एमालेका केशव सिंह चौधरीलाई ९ मतले पछि पार्दै भुसाल विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी चौधरीले १४६६ मत प्राप्त गरेका थिए । वडामा ३२१८ मत खसेको थियो ।

भुसालसँगै तिलोत्तमा १६ का लागि खुल्ला सदस्य, महिला सदस्य तथा दलित महिला सदस्य गरी सबै पदमा काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । यो वडामा मत गणनाको समयमा निर्वाचन कर्मचारीले एमालेको मत बढाएर अभिलेख राखेको भन्दै विवाद भएपछि पुनः गणना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्