एकीकृत समाजवादीकी मेयर लामाको पहिलो निर्णय : अति विपन्न १५ सय परिवारको निशुल्क स्वास्थ्य बीमा


appharu

९ जेष्ठ २०७९, सोमबार १५:२१ मा प्रकाशित

पालिकापत्र,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।

सोमबार पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत नि:शुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।

त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।

त्यस्तै महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय समेत भएको हेटौंडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्