दीपमा विदाई तथा शुभकामना आदान प्रदान


appharu

९ जेष्ठ २०७९, सोमबार १९:३७ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले सोमबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले एसियन पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै टीका, खादा तथा मायाको चिनोद्वारा सम्मान तथा विदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले कक्षा १२ पछि उच्च शिक्षा शुभारम्भ हुने भएकाले मिहिनेतका साथ अध्ययन गरी परिवार तथा विद्यालयको अपेक्षा पूरा गर्न र आफ्नो भविष्य समुज्जल बनाउन विद्यार्थीहरूलाई शुभकामना दिनुभएको थियो भने विशिष्ट अतिथि अष्ट्रिज नेपालका अध्यक्ष सी.पी. शर्माले अरुले गरेकै काममा सफलताको खोजी गर्न भन्दा आफ्नो क्षमता र रुचिअनुसार आफ्नो करियर अगाडि बढाउन उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने दीप सांस्कृतिक परिवार तथा कक्षा ११ र १२ विद्यार्थीहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै परीक्षा सफलताको शुभकामना दिनुभएको थियो भने वि.व्य.स. सदस्य तथा प्लस टु संयोजक वसन्तकुमार जोशी, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
विद्यालयको प्लसटुतर्फ कक्षा ११ विद्यार्थी अनिल घिमिरेको अध्यक्षता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता, सी.पी. शर्माको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपपाचार्य सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य तथा प्लस टु संयोजक वसन्तकुमार जोशी, विद्यालय सञ्चालक समिति सदस्य प्रवीणमान श्रेष्ठ, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी, विज्ञान सङ्कायका संयोजक कमल नेपाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ की विद्यार्थी शर्मिला पन्थीले स्वागत, कक्षा १२ का विद्यार्थी राजन गैरे र आदित्य भुसालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय तथा विद्यार्थी द्वय अनुसन्धान पोखेल र प्राप्ति सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्