पालिकापत्र,कोटहीमाइ । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्ष पदमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३ सय ९९ मतान्तरले बिजयी भएका हुन् । त्रिपाठीले ४ हजार ६ सय ३८ मत पाएर निर्वाचित हुंदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोक कुमार जयसावलले ४ हजार २ सय ३९ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा लोसपाकै सुशिला कुमारी यादव ४ हजार ७ सय ३६ मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गुजराती यादवले ३ हजार ४ सय ४२ मत पाएकी निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले जानकारी दिएका छन् । ७ वटा वडा रहेको गाउंपालिकामा वडा नं. १ मा लोसपाका राजेश गुप्ता, वडा नं. २ मा जनता समाजवादी पार्टीका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डेय, वडा नं. ४ मा लोसपाका बेचुराम गडेरिया, वडा नं५. मा लोसपाका संजय कुमार शैनी, वडा नं. ६ मा जसपाका बिनोद यादव र वडा नं ७ मा नेपाली कांग्रेसका पवन कुमार यादव बिजयी भएका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये यो पालिका जितेर लोसपाले खाता खोलेको हो । यो पालिका लोसपा नेता एवं पुर्वमन्त्री सवेृन्द्रनाथ शुक्लाको निर्वाचन क्षेत्र हो । शुक्लाको आफ्नै पालिका सम्मरीमाईमा भने नेपाली कांग्रेसले जितेको छ ।