१०देखि १५ प्रतिशत कर छुट गर्दै बुटवलको वजेट २ अर्ब ३५ करोड (पूर्णपाठसहित)


appharu

१० असार २०७९, शुक्रबार १८:४४ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५३ करोड रुपैयाँको बजेट थियो ।

उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन् ।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ ।
यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अ.ल्या. को ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
नगर सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरु पनि घोषणा गरेकी छिन् ।
बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

यस्ता छन् बजेटका प्राथमिकता

बुटवल उपमहानगरले यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख पुर्‍याएको छ ।
बुटवल उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ ।
उपमहानगरपालिकाले सम्पत्ति कर, बहालकर, हाटबजार बैठकी, इरिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यस्तै सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेशा व्यवसाय कर र घरबहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ ।
बुटवलले नवीकरण गर्न छुटेका व्यवसायहरुको नवीकरण गर्दा अगाडिको कर तथा जरिवानामा समेत छुट दिने भनेको छ ।
यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरुलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएकोे छ ।
बुटवलले बजेटमार्फत जनतासँग प्रमुख, नगरप्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, शैक्षिक गुणस्तर सुधारजस्ता कार्यक्रम बजेटमा परेका छन् ।
यस्तै, प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी, कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रवद्र्धन, पर्यटन विकास, छाडा चौपाया नियन्त्रण, रोजगारी सिर्जना जस्ता कार्यक्रमले पनि बजेटमा प्राथमिकता पाएका छन् ।
आधारभुत स्वास्थ्य सेवा नि:शुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ ।
यस्तै आयुर्वेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि पहल गर्न बजेट छुट्याइएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेभसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ ।
हेरौं पूर्ण पाठ :
बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि उपप्रमुख श्री सावित्रादेवी अर्यालद्धारा नगर सभाको एघारांै अधिवेशनमा प्रस्तुत आय र व्ययको अनुमान तथा वार्षिक कार्यक्रम
सभाध्यक्षज्यू तथा नगर सभाका सदस्यज्यूहरु
ज्ञ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एवं अन्य विभिन्न कारण विश्व अर्थतन्त्र शिथिल भई आर्थिक संकट सृजना भएकोे यस जटिल परिस्थितिमा आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।
द्द। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना तथा मूलुकको सामाजिक आर्थिक रुपान्तरणको लागि आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । नेपाली समाजको रुपान्तरणको नेतृत्व गर्नुहुने सबै अग्रज नेतृत्वहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
घ। स्थानीय सरकारको रुपमा रहेको बुटवल उपमहानगरपालिकाले हाम्रो बुटवललाई “समानता, स्वाभिमान र अवसर–बस्न योग्य बुटवल शहर” बनाउनका लागि आर्थिक बर्ष २०७९।०८० को बुटवल उपमहानगरपालिकाको आय व्यय अनुमान (बजेट) र चालु आवको संसोधित अनुमान प्रस्तुत गर्न गईरहदा गौरवको अनुभुती गरेको छु । गौरवपुर्ण यस क्षणमा स्थानीय तहको निर्वाचन २०७९ मा मतदान गर्नुहुने आदरणीय नगरवासी मतदाता लगायत सम्पुर्ण राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी लगायत निर्वाचन अभियानमा संलग्न सम्पूर्ण नगरवासी आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । यस क्रममा बुटवलको विकास प्रयासमा संलग्न सबै पूर्व तथा निवर्तमान अग्रज जनप्रतिनिधिज्यूहरु, विकास साझेदार, सामाजिक अभियन्ताहरु, बुद्धिजिवी, संघसंस्था सञ्चार जगत लगायत राष्ट्रसेवक कर्मचारीहरु प्रति आभार व्यक्त गर्दछु ।
द्ध। आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमा गर्दा हाम्रो स्रोत र क्षमतालाई विचार गरी माथि उल्लेखित विषयहरुलाई समेट्ने प्रयास गरेको छु ।
सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरु
छ। हामीले जनताका आधारभूत तहका समस्या समाधानमा सहभागी हुदै राजनीतिक परिवर्तनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्दै नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, प्रदेश कानून र अन्य प्रचलित कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्ने र स्थानीय सेवा प्रवाहलाई प्रभावकारी र सुशासन युक्त बनाउन कटिवद्ध बनाउन प्रतिबद्ध छौं ।
ट। स्थानीय तहले गर्नै पर्ने भनी संविधान र कानूनले परिभाषित गरेका जिम्मेवारी पूरा गर्न केही कानूनी र संस्थागत संरचना निर्माण भई सकेको छ । त्यस्ता थप कानुन र संरचनाहरु केही थप गर्नुपर्ने केही परिमार्जन गर्नु पर्ने अवस्था छ ।
ठ। उपलब्ध स्रोत साधन र क्षमताको भरपुर उपयोग गर्दै हाम्रा आवश्यकताको प्राथमिकता निर्धारण गरी कार्यान्वयनमा जुट्नु पर्ने हुन्छ । हाम्रो प्रयास त्यसतर्फ लक्षित रहेको छ ।
सभाध्यक्षज्यू
अब म आर्थिक बर्ष ०७८/०७९ को जेष्ठ मसान्त सम्मको वित्तीय स्थितिको समीक्षा प्रस्तुत गर्न चाहन्छु ।
ड। यस अवधिमा चालु खर्च तर्फ रु. ६३ करोड ५० लाख ७१ हजार ६६५ रुपैया र अर्थात ५८.४८ प्रतिशत र पूजीगत ९५ करोड ५३ लाख ५० हजार ९५७ रुपैया अर्थात ५८.९४ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यसै गरी वित्तीय खर्च ५१ लाख ६२ हजार ७४६ रुपैंया अर्थात ६४.५३ प्रतिशत खर्च भएको छ । क्षेत्रगत रुपले खर्च प्रगति मापन गर्दा आर्थिक विकासमा २९.२३ प्रतिशत, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, महिला बालवालिका जस्ता क्षेत्रमा ५०.९१ प्रतिशत र पूर्वाधार विकास तर्फ ६४.१५ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ३७.५४ प्रतिशत प्रगति भएको छ । त्यसैगरी कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ७५.५८ प्रतिशत भएको छ । पूजीगत खर्च आ.व.को अन्त्यसम्म ७० देखि ८० प्रतिशत पुग्ने अनुमान गरेको छु ।
ढ। साधारण खर्चको तुलनामा पूजीगत खर्च बृद्धि नहुनुमा कतै हाम्रो खर्च गर्ने क्षमतामा अघिल्लो दुई आ.व.को मध्यतिरबाट कोरोना संक्रमण तिव्ररुपमा फैलिई जनजीवन अस्तव्यस्त भई विकास निर्माणका काम प्राय ठप्प भएको, निर्धारित गरेका विकास आयोजना र अन्य सामाजिक एवं मानवीय विकाससंग सम्बन्धित क्रियाकलाप शुन्य प्राय हुँदा र हालै सम्पन्न निर्वाचनका कारण समेतबाट पूजीगत खर्च कम हुन गएको यथार्थता यस गरिमामय सभामा स्पष्ट पार्न चाहन्छु ।
ज्ञण्। चालु आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समिति मार्फत संचालन हुने र नगरस्तरीय कार्यक्रम समेत गरी विभिन्न सडक, पुल, भवन, खेल, शैक्षिक, पर्यटन पूर्वाधारका आयोजना अघिल्लो आ.व.बाट दायित्व सरी आएका समेत सञ्चालनकोे क्रममा कोरोना भाइरसको महामारी तथा स्थानीय निर्वाचनका कारण उपलब्धि हासिल नभए पनि ज्येष्ठ मसान्त सम्म उल्लेख्य योजना निर्माण सम्पन्न भएको छ । बाँकी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको व्यहोरा अनुरोध गर्दछु ।
ज्ञज्ञ। आन्तरिक आय अनुमान रु. ७१ करोड २५ लाख गरिएकोमा जेष्ठ मसान्त सम्म ४४ करोड १५ लाख ९० हजार मात्र आन्तरिक आय प्राप्त भएको छ । आषाढ मसान्तसम्म आन्तरिक राजश्व जम्मा रु. ५० करोड सम्म बढी राजश्व असुली हुने अनुमान गरेको छु । यस अवधिसम्म नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, समपुरक अनुदान र राजश्व बाँडफाँटबाट जम्मा रु १ अरब ३ करोड ६३ लाख १ हजार प्राप्त भएको छ । यसरी आ.व. २०७८/०७९ मा गत वर्षको अल्या रु. ७० करोड ९४ लाख ८६ हजार समेत गरी रु. २ अरव १८ करोड ७३ लाख ७९ हजार प्राप्त भएको छ । शुरु अनुमान २ अरव ५३ करोड २ लाख ४५ हजार ७१० को सट्टा संशोधित आय अनुमान र सोही बराबरको संशोधित व्यय अनुमान रु २ अरव ७१ करोड ४८ लाख १६ हजार ७१० को संशोधित आय र व्यय अनुमान पेश गरेको छु । चालु आ.व. ०७८/०७९ को जेष्ठ मसान्तसम्मको, ९५ करोड ५३ लाख ५० हजार ९५७ रुपैयाँ पूजीगत खर्च अर्थात ५८.९४ प्रतिशत र चालु खर्च तर्फ रु ६३ करोड ५० लाख ७१ हजार ६६५ रुपैंया अर्थात ५८.४८ प्रतिशत, अनिवार्य दायित्व सावा ५१ लाख ६२ हजार ७४६, भुक्तानी गरी, १ अरव ५९ करोड ५५ लाख ८५ हजार ३६९, अर्थात ५८.७७ प्रतिशत खर्च भएको छ । पूजीगत खर्च चालु आ.व.को अन्त्यसम्ममा वृद्धि भई ७० देखि ८० प्रतिशत सम्म पुग्ने अनुमान गरेको छु ।
सभाध्यक्षज्यू
ज्ञद्द। अव म आर्थिक वर्ष २०७९/०८० को बजेटका उद्देश्य र प्राथमिकता प्रस्तुत गर्न चाहन्छु ।
क. सबै किसिमका महामारी र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।
ख. उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिने ।
ग. नगरवासीहरुको विकासको आकांक्षालाई सामाजिक, आर्थिक र पूर्वाधार विकास मार्फत नागरिकको जीवनस्तर माथि उठाउने ।
घ. नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन लगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसंग समन्वय र सहकार्यलाई जोड दिने ।
ङ. दीगो विकास लक्ष्यको स्थानीयकरण गरी लक्ष्य प्राप्तिमा जोड दिने ।
च. स्थानीय गौरवका आयोजनाहरुलाई संघ र प्रदेश सरकारसंगको सहकार्यमा सम्पन्न गर्ने ।
छ. अधुरा योजना कार्यक्रमहरुलाई निरन्तरता एवं पूर्णता दिने ।
ज. लैंगिक उत्तरदायी बजेट निर्माण गर्ने ।
झ. सुशासन प्रवद्र्धन गरी स्थानीय सेवा प्रवाह गर्ने ।
ञ. अति आवश्यक मात्र नयाँ योजना कार्यक्रम समावेश गर्ने ।
ट. स्थानीय श्रम, सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सृजना गर्ने ।
ठ. स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत विषयको सम्वोधन गर्दै र रोजगारी सृजनालाई जोड दिने ।
ड. सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र संभव सबै राजश्वका श्रोतहरुको परिचालन गरी करका दायरा बढाउने ।
ज्ञघ। आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमा गर्दा र बार्षिक बजेट प्रस्तुत गर्दा नेपाल सरकार तथा प्रदेश सरकारद्वारा प्राप्त भएका मार्गदर्शन तथा बजेट सीमा, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, दीगो विकास लक्ष्य, पन्ध्रौ योजना, नगरले स्वीकृत गरेको आवधिक योजना, एकीकृत शहरी विकास गुरुयोजनालाई मुख्य मार्ग दर्शकका रुपमा लिएको छु । साथै यसै सभामा प्रस्तुत भई पारित भएको नीति तथा कार्यक्रम, विभिन्न राजनीतिक दलहरुबाट प्राप्त सुझाव, व्यावसायिक एवं सामाजिक संघ संस्था, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा सीमा निर्धारण समिति, वडा भेला, टोल विकास संस्था, नागरिक अगुवा, करदाता, नगर कार्यपालिका, जनप्रतिनिधि साथीहरु र बजेट तर्जुमाका क्रममा अभिभावकीय नेतृत्व प्रदान गर्ने प्रमुखज्यूबाट प्राप्त सल्लाह सुझाव एवं निर्देशनलाई बजेट तर्जुमा गर्दा आधार लिएको छु ।
उल्लेखित बजेटका उद्देश्य र प्राथमिकता तथा यसै सभाद्वारा पारित भएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा आधारित रही देहाय बमोजिम विनियोजन प्रस्ताव गरेको छु ।
ज्ञद्ध। जनतासँग प्रमुख अन्तर्गत उपचार र व्यवस्थापन गर्न जटिल मुटु, क्यान्सर, मृगौला, अटिजम, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी रोगका पीडित नगरवासीहरु विरामीलाई विगतमा दिई आएको बार्षिक अनुदान दिने गरी बजेट विनियोजन गरेको छु ।
ज्ञछ। विगत देखि संचालित नगर प्रमुख जेष्ठ नागरिक स्वास्थ्य घरदैलो स्वास्थ्य सेवा, उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी निरन्तरता दिएको छु । महिला स्वास्थ्य स्वयं सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम योग आयुर्वेद, प्राकृतिक चिकित्साको प्रर्वद्धन गर्ने कार्यका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । बुटवलमा स्वास्थ्य परीक्षणका लागि स्तरीय डाइनेष्टिक ल्याब सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था मिलाएको छु ।
ज्ञट। उपयुक्तताको आधारमा कम्तीमा एउटा स्वास्थ्यकेन्द्रलाई १५ शैयाको अस्पतालमा परिणत गर्न बजेट व्यवस्था गरेको छु ।
ज्ञठ। महिला स्वास्थ्य स्वयं सेविकालाई कार्यविधि बमोजिमको प्रोत्साहन सुविधा उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छु ।
ज्ञड। गृहणी महिलाहरुलाई बुटवलकै गौरवको योजना बनाई, सीप सिकाई उत्पादनमा जोड्न गृहणी महिला स्वरोजगार कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
ज्ञढ। सम्बाद, सहकार्य र हातेमालो गर्दै विकासका साझा मुद्दामा पूर्व प्रमुख, उपप्रमुख समेतका राजनीतिक दलहरुले दिएका सुझावहरुका आधारमा कार्यान्वयन गर्ने गरी शिक्षा, स्वास्थ्य र मानवीय सेवामा खर्च गर्न मिल्ने गरी बजेट विनियोजन गरेको छु । संघीय सांसद तथा प्रदेश सांसदज्यूहरुसँग सघन सहकार्यको नीति लिइनेछ
द्दण्। पूर्वाधार र गुणस्तरयुक्त तथा वर्तमान समयको आवश्यकता सुहाउदो माध्यमिक तहसम्मको विद्यालय शिक्षालाई प्रविधिमैत्री, अनुशासित, नैतिकवान बनाउन विद्यालयको पूर्वाधार र गुणस्तर सुधारका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । आगामी आ.व. २०७९/०८० मा सबै सामुदायिक विद्यालयहरुको रंगरोगन गरी विद्यालय परिसरलाई हरियाली युक्त वातावरणमैत्री बनाउन आवश्यक बजेट विनियोजन गरेको छु । विद्यालय भवन, कक्षाकोठा, फर्निचर, पाठ्य पुस्तक तथा छात्रवृत्ति वितरण र शैक्षिक गुणस्तर सुधार जस्ता कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
द्दज्ञ। हाम्रो आकांक्षा माध्यमिक तह मात्र नभएर उच्चशिक्षा र प्राविधिक शिक्षा समेत हो । त्यसैले बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि बजेट विनियोजन गरेको छु । बुटवल टेक्निकल इन्स्टिच्यूटमा इन्जिनियरिङ्ग विषयको स्नातक तह अध्ययन अध्यापन गर्ने, आम्दा अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित नर्सिङ्ग, फार्मेसी, फिजियोथेरापी जस्ता विषय डिप्लोमा तहको विषय अध्ययन अध्यापन गराउन आवश्यक सहकार्य गर्न बजेट विनियोजन गरेको छु भने बुटवल अटोभिलेजमा अटो ईन्जिनियरिङ्गको स्नातक तह सञ्चालन गर्न आवश्यक बजेट विनियोजित गरेको छु ।
द्दद्द। नगरवासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बुटवलभित्र अत्याधुनिक स्वास्थ्य डाइनेष्टिक ल्याव संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
द्दघ। आ.व. २०७९/०८० मा पूर्वाधार विकास पछि शिक्षा र स्वास्थ्य खानेपानी क्षेत्रमा अनुभूत हुने गरी बजेट विनियोजन गरेको छु ।
द्दद्ध। मर्मत सम्भार कार्यलाई छिटो छरितो बनाउन मेयर पूर्वाधार एम्वुलेन्स सेवा संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
द्दछ। पूर्वाधार विकासको अभावमा सामाजिक र मानवीय विकासले मात्र सार्थक परिमाण दिन सक्दैन । विकास प्रयासमा हाम्रो विशिष्टतामा पूर्वाधार विकास जनचाहना, आवश्यकता र प्राथमिकताका हिसावले उच्च प्राथमिकतामा पर्नु हाम्रो जस्तो मूलुकका लागि स्वाभाविक मानिन्छ र बजेटले त्यस तर्फ प्रयाप्त ध्यान पुर्‍याएको छ । प्रदेश सरकारसंगको सहकार्यमा कालिकापथको निर्माणलाई तिव्रताका साथ अगाडि बढाइने छ । चक्रपथ निर्माण, देवीपथ, रंगशाला मार्ग जस्ता महत्वपूर्ण सडक आयोजना, ढुवानीग्राममा थप पूर्वाधार निर्माण, अटोभिलेजको पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, विभिन्न पार्क एवं सौन्दर्यकरणका लागि आवश्यक श्रोत व्यवस्था गरेको छु । जग्गा नापी गरी जग्गा धनी पूर्जा प्राप्त नहुँदासम्म अव्यवस्थित बसोवास प्रमाणित गर्ने व्यवस्था मिलाएको छु । यसरी हाम्रा गौरवका आयोजना र नगरस्तरीय आयोजना र वडास्तरीय आयोजना सम्पन्न गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिएको छु भने वडास्तरीय योजना र अति आवश्यक केही थप आयोजनाहरुका लागि समेत बजेट विनियोजन गरेको छु । संघ र प्रदेशबाट नगरमा संचालित आयोजनाहरुको सहजीकरण र सहकार्य गर्ने प्रवन्ध गरेको छु । नयाँ कृषि व्यावसायिक केन्द्र तथा अटोभिलेज स्थापनाको नीति ल्याएका छौ ।
द्दट। “नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निस्शुल्क” को अवधारणा लिदै आधारभुत स्वास्थ्य सेवा नि:शुल्क पाउने नगरबासीहरुको मौलिकहकलाई क्रमश: सुनिश्चिात गर्न आवश्यँक बजेटको व्यवस्था गरेको छु ।
द्दठ। “क्षयरोग मुक्त बुटवल अभियान” सञ्चालन गर्न आवश्यक बजेट विनियोजन विनियोजन गरेको छु ।
द्दड। “स्वस्थ जीवनशैलिका लागी योग” कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु ।
द्दढ। वडा नं.१३ मा अवस्थित जवईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला निर्माण गरिनेछ ।
घण्। वडा नं ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसंग रहेको खुला क्षेत्रलाई अल्पकालिन र दीर्घकालिन कार्ययोजना बनाई स्पोटर््स जोनको रुपमा विकास गरिनेछ ।
घज्ञ। वडा नं १६ डहरगांउ स्थित खेलमैदानमा राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
घद्द। सम्भाव्यताका आधारमा खेल पूर्वाधार, खेलकुदका विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्न, तिलोत्तमा गोल्डकप सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।
घघ। बुटवलका सबै जातिका भाषा र संस्कृति जोगाउन मेयर भाषा, संस्कृति कार्यक्रम संचालन गरी सबै भाषाको तालिम र सांस्कृतिक कार्यक्रमको तालिम उहाहरुमार्फत गरिनेछ ।
घद्ध। लैंगिक समानता, समावेशिता र सामाजिक परिचालन तर्फ बजेटको व्यवस्था मिलाएको छु ।
घछ। कानून, न्याय तथा मानव अधिकार प्रवद्र्धन तर्फ बजेटको व्यवस्था मिलाएको छु ।
घट। सामुदायिक बन समुहको सहकार्यमा एक वन एक पोखरी एक पार्क निर्माण कार्यलाई बजेटको व्यवस्था गरेको छु ।
घठ। छाडा चौपाया व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको छु ।
घड। वडा नंं ११ स्थित देवीनगरमा स्व.वि.पि. कोई्राला,स्व.पुष्पलाल श्रेष्ठ र स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माण गर्न बजेटको व्यवस्था गरेको छु ।।
घढ। सहज खानेपानी आपूर्ति व्यवस्थापनका लागि वडा नं. ६, ७ र ८ मा रहेका वोरिङ्गहरुलाई एकीकृत गरी हिलपार्कमा ३ लाख लिटरको ओभरहेड टंकी निर्माण गर्ने र वितरण गर्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
द्धण्। वडा नं. ०३ मा रहेको नेपाल खानेपानी संस्थानबाट स्वच्छ खानेपानीे वितरण गर्न च्भाष्लभ अभलतचभ जडानको व्यवस्था मिलाई खानेपानी आपुर्ति तथा वितरण प्रणालीलाई सहकार्यमा व्यवस्थित गर्न बजेटको व्यवस्था गरेको छु ।
द्धज्ञ। ऐतिहासिक बटौली क्षेत्रमा रहेका परम्परागत धार्मिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि विकास साझेदारहरुसँगको सहकार्यमा गुरुयोजना तयार गरी संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन प्रक्रिया अघि वढाइनेछ ।
द्धद्द। संघ/प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, जितगढी युद्ध संग्रहालय निर्माण, सिद्धबाबाधाम, मुक्तिनाथ धाम, नरैनापुरधाम, निलकण्ठ बाबाधाम ,बैठौलिया तालको गुरु योजना बमोजिम कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
द्धघ। बुटवल १४ देखि १९ सेमलार र मोतिपुर क्षेत्रलाई कृषि, पशुपालन, आधुनिक बसोवासको क्षेत्रको रुपमा विकसित गर्दै ग्रिनल्याण्ड ९न्चभभल ऋष्तथ० को रुपमा विकास गर्न बजेटको व्यवस्था गरेको छु ।
द्धद्ध। पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकासमा जोड दिइनेछ ।
द्धछ। बुटवल–७ स्थित शिवनगर सामुदायिक वन कार्यालय भवनको पूर्वतर्फ प्रादेशिक वसपार्क निर्माण गरिनेछ ।
द्धट। तिनाउ नदी किनारमा छठ पर्व मान्ने मधेशी समुदायका लागि सेड निर्माणका लागि आवश्यक प्रकिृया अगाडि बढाउन बजेट व्यवस्था गरेको छु ।
द्धठ। संघीय सरकारको सहयोगमा बुटवल १५ मा अत्याधुनिक कृषि व्यावसायिक भवनको निर्माण गरिनेछ ।
द्धड। बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधानका लागि अल्पकालिन व्यवस्थाका रुपमा बसोवासको प्रमाणपत्र वितरण गरिनेछ । यस सम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भुमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपूर्जा वितरणको काम अगाडि बढाइनेछ ।
द्धढ। बुटवल उपमहानगरपालिका वडा न १२ –१९ लाई हरियाली कृषि प्रवर्धन कार्यक्रम संचालनका लागि बजेट विनियोजन गरेको छु ।
छण्। छाडा चौपाया व्यवस्थापनका लागि बुटवल–७ स्थित शिवनगरमा रहेको गौशाला र भलुहीमा रहेको गौशालालाई थप व्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग सहकार्य गरिनेछ । यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
छज्ञ। जलवायु परिवर्तनले पारेका प्रभावलाई न्यूनीकरणका कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरेको छु ।
छद्द। स्थानीय सेवा प्रवाहलाई सरल र सहज बनाउन वडा कार्यालय भवनहरु निर्माणलाई प्राथमिकतामा राखिएको र प्रत्येक बर्ष कम्तीमा पनि १ वटा वडा कार्यालय भवन सम्पन्न गर्न सकियोस भन्ने तर्फ बजेटले ध्यान दिएको छ । यस पटक बुटवल–६ को हिलपार्क तल चादवारीमा भवन निर्माण शुरु गरिनेछ ।
सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरु
छघ। आर्थिक विकाससंग सम्बन्धित कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रर्वद्धन, पर्यटन क्षेत्रको विकाससंग सम्बन्धित योजना कार्यक्रमहरुका लागि पर्याप्त बजेट विनियोजन गरेको छु ।
छद्ध। सरसफाई प्रकोप नियन्त्रण तथा व्यवस्थापन, छाडा, चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, लैङ्गिक समानता र समता, समावेशीता र सामाजिक परिचालन जस्ता क्षेत्रमा काम गर्ने गरी विभिन्न कार्यक्रमका लागि पर्याप्त बजेटको व्यवस्था गरेको छु ।
छछ। स्थानीय सेवा व्यवस्थापन, सुशासन प्रर्वद्धन र मानव श्रोतको क्षमता विकास र व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । जनशक्तिको मनोवल उच्च बनाउन कर्मचारीहरुको तलवमान र अन्य सुविधा संघीय सरकारका कर्मचारीहरुले पाएकोमा न्युन नहुने गरी बजेट व्यवस्था गरेको छु । साहित्य,संचार तथा सूचना प्रविधिसंग सम्बन्धित कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु भने यसै सभाद्धारा पारित संचार तर्फका पुरस्कारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

सभाध्यक्ष ज्यू तथा नगर सभा सदस्य ज्यूहरु
छट। आर्थिक जटिलता बीचमै पनि वडा स्तरबाटै परिचालन गर्ने गरी विगतको सिमालाई केही बढाई रु. १६ करोड ५० लाख बजेट विनियोजन गरेको छु । यसबाट वडास्तरका स–साना योजना कार्यक्रम, विपद व्यवस्थापन र मर्मत संभारका काम गर्न सहज हुने विश्वास लिएको छु ।
छठ। पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयनबाट स्थानीय रोजगारी सृजना भई आर्थिक गतिविधि बढ्नुका साथै नगरवासीहरुका अति आधारभूत र शहरी सेवा सुविधामा बढोत्तरी हुनेछ । पूर्वाधार विकासका कार्यक्रम संचालन गर्दा कोरोना भाइरसका कारण सम्पन्न हुन नसकेका योजना कार्यक्रम संचालन गर्ने र केही बहुवर्षिय योजनाका रुपमा स्वीकृत गरिएका आयोजना सम्पन्न हुनेछन् भने केहि थप नयाँ आयोजनाहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
छड। सामाजिक विकास अन्र्तगत स्वास्थ्य, शिक्षा, लैङ्गिक उत्तरदायित्व, समानता, समावेशिता सामाजिक सुरक्षा, सरसफाई, फोहोरमैला व्यवस्थापन, सामाजिक परिचालन जस्ता सामाजिक क्षेत्रको विकास, मानव संशाधन विकास, संघ संस्था सवलीकरणका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको छु । सबै किसिमका महामारीसंग जुध्न, नगरवासीहरुको स्वास्थ्य सुरक्षामा बढोत्तरी गर्न जनस्वास्थ्य प्रर्वद्धन गर्न, स्वास्थ्य सेवामा नगरवासीहरुको पहुच अभिवृद्धि गर्न, शैक्षिक गुणस्तर सुधार गर्न, शिक्षामा सबैको पहुँचलाई प्रभावकारी बनाउन, गुणस्तरीय शिक्षा प्रदान गर्न,, फोहोरमैला व्यवस्थापनको उचित प्रवन्ध मिलाउन, फोहोरको उचित व्यवस्थापन, संकलन जस्ता कार्य गर्न, खानेपानी आपूर्ति वितरणलाई सहज बनाउन आवश्यक बजेट व्यवस्था गरेको छु । यस्ता कार्यको लागि उक्त खर्चले थप सहजता ल्याउने र ति कार्यक्रमले शशक्तिकरण, सचेतना, आरोग्यता तथा सामाजिक मानवीय विकासमा थप इटा थप्ने तथा प्रस्तावित कार्यक्रमबाट समेत रोजगारीका अवसरहरु सृजना हुने अपेक्षा गरेको छु ।
छढ। प्रकोप व्यवस्थापन तथा तत्कालिक सबै किसिमका महामारी, प्राकृतिक प्रकोप जस्ता विषयलाई सम्वोधन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
टण्। आर्थिक क्षेत्रको पुनरुत्थान, आर्थिक गतिविधिको बढोत्तरी गर्ने, उत्पादन र उत्पादकत्वको वृद्धि, उत्पादित वस्तु तथा सेवाको बजारीकरण, कृषि तथा पशुपंक्षी विकास, उद्योग बाणिज्य, सहकारी पर्यटन, उद्यमशीलता रोजगार प्रवद्र्धन, श्रम बैंक श्रम सूचना केन्द्र (श्रम डेक्स) स्थापना तथा संचालन गर्ने रोजगार मेला सञ्चालन गर्न विदेशबाट फर्केकाहरुको लागि क्षमताका आधारमा रोजगारी दिन रोजगार समन्वय डेक्स निर्माण गर्ने लगायतका आर्थिक विकास क्षेत्रसंग सम्बन्धित भई कार्यक्रम कार्यान्वयन बजेट व्यवस्था गरेको छु ।
टज्ञ। वन वातावरण, संचार तथा सूचना प्रविधि, भाषाकला साहित्य, वित्तीय व्यवस्थापन सुशासन, न्याय तथा मेलमिलाप प्रर्वद्धन जस्ता अन्तरसम्बन्धित क्षेत्रका आवश्यक बजेट व्यवस्था गरेको छु ।
टद्द। यसरी क्षेत्रगत रुपमा स्वास्थ्य, शिक्षा, लैंगिक समानता, समावेशिता, खेलकुद कला संस्कृति जस्ता कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु । गौरवका आयोजना, अधुरा आयोजना र अन्य नगर स्तरीय आयोजनाको लागि पूर्वाधार विकास तर्फ आवश्यक बजेट विनियोजन गरेको छु ।
टघ। आर्थिक विकासका कृषि, पशु विकास, रोजगार प्रवद्र्धन, पर्यटन सहकारी, उद्योग बाणिज्य क्षेत्रको विकासका लागि र सुशासन तथा अन्र्तसम्बन्धित क्षेत्र वन वातावरण, प्रकोप नियन्त्रण, स्थानीय सेवा मानवसंसाधन विकास जस्ता क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
सभाध्यक्षज्यू
माथि उल्लेखित सबै क्षेत्रको विस्तृत विवरण अनुसूचीहरुमा समावेश गरेको छु ।
टद्ध। नेपालको संविधानको मूलमर्म, सहमती, एकता, मेलमिलाप, सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा तीनै तहको सरकार संचालन हुने भएकाले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त शशर्त अनुदान अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु हाम्रो प्राथमिकताका आधारमा संभव भएसम्म दोहोरो नपर्ने गरी कार्यान्वयनमा लैजाने व्यवस्था मिलाएको छु ।
टछ। हामीले सिफारिस गरी नेपाल सरकार तथा प्रदेश सरकारबाट स्वीकृत भई आएका समपुरक अनुदान, विशेष अनुदान तर्फका आयोजना तथा कार्यक्रम प्राथमिकतामा कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु । नेपाल सरकार तथा प्रदेश सरकारबाट थप श्रोत सुनिश्चितताका आधारमा नयाँ कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु । शुरुगरी कार्यान्वयनमा रहेका योजनाहरुलाई सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । उल्लेखित सबै क्षेत्रगत कार्यक्रमका लागि चालु तर्फ ४८ प्रतिशत र पूजीगत खर्च तर्फ ५२ प्रतिशत हुने गरी विनियोजन गरेको छु ।
यसरी आ.व. २०७९/०८० का लागि रु. २ अर्व ३५ करोड को व्यय अनुमान पेश गरेको छु ।
उल्लेखित व्यय खर्च परिपूर्ति गर्न देहाय बमोजिम आय हुने गरी आय अनुमान पेश गरेको छु ।
आन्तरिक आय ६० करोड, संघीय सरकारबाट प्राप्त हुने समानीकरण ३४ करोड ८० लाख सशर्त अनुदान ४५ करोड २३ लाख, समपुरक अनुदान ६ करोड ४० लाख रहेको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख, समपुरक अुनदान २ करोड ९९ लाख रहेको छ
राजश्व बाँडफाँटबाट प्राप्त हुने ३१ करोड ९८ लाख र गत आ.व.को अ.ल्या ३४ करोड ५८ लाख ६७ हजार रहेको छ ।
उल्लेखित आय अनुमानको तुलनामा व्यय अनुमान रु १५ करोड न्यून हुन जाने र सो न्यून भएको थप श्रोत परिचालन र प्रदेश तथा संघीय सरकारबाट विशेष अनुदान प्राप्त हुने विश्वासका साथ जम्मा रु. २ अर्व ३५ करोड को आय व्ययको बजेट अनुमान पेश गरेको छु ।
सभाध्यक्ष महोदय,
सभाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरु
टट। आर्थिक रुपले पिल्सिएको सामाजिक, आर्थिक क्षेत्रलाई न्यूनतम रुपमा राहत पाएको महसुस गराई मनोवल दृढ गरी आर्थिक क्रियाकलापमा जुटन सहयोग पुगोस भन्ने उद्देश्यले नेपाल सरकारले राष्ट्र बैंक मार्फत आफ्नो मौद्रिक नीति तय गर्दा सबै किसिमका क्षेत्रले राहत महसुस हुने गरी मौद्रिक नीति तय गर्ने विश्वास लिएको छु र त्यसका लागि म नेपाल सरकारसंग हार्दिक अनुरोध गर्दछु ।
टठ। सबै किसिमका स्थानीय आर्थिक क्रियाकलाप उद्योग व्यवसाय सेवा व्यवसाय यतिखेर गम्भिर आर्थिक संकटबाट गुज्रीरहेको छ । यस्तो अवस्थामा कर राजश्वका दरमा वृद्धि गर्ने उद्देश्य प्रस्तुत बजेटले राखेको छैन । राजश्व असुली र संकलनमा नकारात्मक प्रभाव नपर्ने गरी सम्पत्तिकर, बहालकर, हाटबजार बैठकी, ई–रिक्सा नवीकरण/रुट ईजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशत सम्म न्यून गरिएको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशत सम्म छुट सुविधा गर्ने गरी व्यवस्था मिलाएको छु । यसबाट सामाजिक तथा आर्थिक क्षेत्रले न्युन मात्रामा भए पनि राहत महसुस गर्ने र राजश्वको दायरा फराकिलो हुने विश्वास लिएको छु ।
टड। जनसहभागितामूलक काममा सहभागिताको नीति सामान्य परिमार्जन गरिएको छ ।
टढ। उल्लेख भएका सबै योजना कार्यक्रमका लागि सम्बन्धित सरोकारवाला उपभोक्ता, संघ संस्था तथा निकायहरुसंग समन्वय र सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
ठण्। सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छु ।
ठज्ञ। पेशा व्यवसाय कर र घर वहाल करमा ५ देखि १५ प्रतिशतसम्मका दरले छुट दिने प्रस्ताव गरेको छु ।
ठद्द। पेशा व्यवसाय करमा महिला, अपाङ्गता भएका र यौनिक लैङ्गिक अल्पसंख्यक करदाताहरुलाई माथि तोकिएको कर छुटमा थप १० प्रतिशत कर छुट दिने प्रस्ताव गरेको छु ।
ठघ। विभिन्न सरकारी निकायमा दर्ता भई व्यवसाय गरी आएका तर यस उपमहानगरपालिकामा विभिन्न कारणले दर्ता गर्न छुट भएका र विगत देखि यस पालिकामा व्यवसाय दर्ता गरी आएका तर नवीकरण गर्न छुट भएका व्यवसायीहरुको व्यवसाय दर्ता नवीकरण गर्दा निम्न बमोजिम आधार वर्ष कायम गरी सो भन्दा अगाडिको कर तथा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।
ड्ड २०७९ पौष मसान्तभित्रै दर्ता नवीकरण गरेमा आ.व.२०७७/०७८ लाई आधार वर्ष ।
ड्ड २०८० असार मसान्तभित्रै दर्ता नवीकरण गरेमा आ.व. २०७५/०७६ लाई आधार वर्ष ।
ठद्ध। पेशा व्यवसाय करमा गरिएका यो व्यवस्थाले उद्योगी, पेशा व्यवसायीहरुलाई राहत हुनुका साथै पेशा व्यवसाय करमा गरिएको उल्लेखित व्यवस्थाले राजश्वको दायरा फराकिलो भई राजश्व वृद्धि हुने विश्वास लिएको छु । आर्थिक वर्ष २०७९/०८० लाई “व्यवसाय दर्ता तथा नवीकरण अभियान” घोषणा गरी सरोकारवालाहरुको समन्वय र सहकार्यमा स्थलगत रुपमा पेशा व्यवसाय दर्ता तथा नवीकरण गरिने छ ।
ठछ। बढ्दो आर्थिक संकटलाई मध्यनजर गरी २०७९ आषाढ मसान्तमा म्याद समाप्त हुने गरी भई रहेको वहाल वन्दोवस्तीमा २०७९ श्रावण मसान्तभित्र वक्यौता बाँकी नरहने व्यवसायीको सम्झौता अवधि २०८० आषाढ मसान्तसम्म थप गरिनेछ । २०७९ श्रावण मसान्तभित्र बहाल वक्यौता दाखिला गर्ने व्यवसायको आ.व.०७८।०७९ को वक्यौता वहालको हर्जना रकम समेत छुट दिइने छ ।
ठट। उजीरसिंह नगर अटोभिलेज क्षेत्रको जग्गा बहाल सम्झौता हुन बाँकी रहेका व्यवसायीको २०७९ श्रावण मसान्तसम्ममा सम्झौता गरेमा हालसम्मको वक्यौता रकममा लाग्ने जरिवाना छुट गरिएको छ ।
ठठ। बस टर्मिनल, हाटवजारको आय ठेक्कामा कोभिडका कारण बस टर्मिनल सेवा र हाटवजार बन्द भएको हुँदा बन्द अवधिको दामासाहीले हिसाव गणना गरी बन्द अवधि बराबरको समयावधि थप गर्ने व्यवस्था मिलाएको छु ।
ठड। सम्पत्ति/भुमि कर, वहाल कर र व्यवसाय करमा चालु आ.व. भित्र कर तिर्ने दायित्व भएका करदाताहरुले २०७९ पौष मसान्त भित्र उल्लेखित कर तिर्दा वक्यौता वापतको जरिवाना सत प्रतिशत छुट गरेको छु ।
ठढ। दर्ता पुजी पाँच लाख सम्म राखी दर्ता भएका साना उद्योग व्यवसायहरु नगरपालिकामा पहिलो पटक व्यवसाय दर्ता हुन आउँदा ५० प्रतिशत मात्र व्यवसाय कर लिई दर्ता गर्ने र शुन्य कारोवार भएका व्यवसायीहरुलाई सो समयको व्यवसाय करमा ७५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
डण्। राजमार्ग चौराहा देखि गोलपार्क सम्मको राजमार्ग क्षेत्रमा रहेका व्यवसायहरु हाल सडक विस्तारको क्रममा लामो समय देखि नियमित संचालन हुन नसकेको कारण मर्कामा परेका व्यवसायीहरुलाई राहत महसुस गराउन त्यस राजमार्ग मोहडाका सटरहरुलाई आ.व. ०७९/०८० को व्यवसाय करमा थप ३५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
डज्ञ। वैदेशिक प्रयोजनका लागि आय स्रोत प्रमाणित गर्न वहालकर तिर्ने करदातालाई वार्षिक कर दाखिला गरेमा प्रयोजन खुलाई ७५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
डद्द। आय वन्दोवस्तका विषयका कर छुट, शुल्क, जरिवाना छुट लगायतका राजश्व छुटसँग सम्बन्धित सुविधाहरु विशेष परिस्थिति परी छुट गर्नुपर्ने अवस्थामा कार्यपालिकाको बैठकबाट निर्णय गरी सुविधा दिने व्यवस्था मिलाएको छु ।
डघ। राजश्वका सम्बन्धमा उल्लेखित व्यवस्थाले महिला, अपाङ्गता भएका, यौनिक अल्पसंख्यक र पेशा व्यवसायिक क्षेत्रलाई ठूलो राहत हुने र नगरको राजश्व परिचालनमा समेत सकारात्मक प्रभाव परी करको दायरा वृद्धि हुने विश्वास लिएको छु ।
डद्ध। क्रसर उद्योगबाट हुने प्रदुषण नियन्त्रण शुल्क यथावत गरेको छु । शैक्षिक विकास कोष शुल्कलाई निरन्तरता दिएको छु ।
सभाध्यक्षज्यू
डछ। अव म आर्थिक वर्ष २०७९/०८० को लागि खर्च प्रस्ताव गरिएका कार्यक्रमहरुको कार्यान्वयनका लागि श्रोत व्यवस्थापनका लागि देहाय बमोजिम श्रोतबाट पूर्ति गर्ने गरी रु. २ अर्व ३५ करोड आय अनुमान पेश गरेको छु ।
आयको सारांश
आन्तरिक श्रोतबाट रु. ६० करोड
राजश्व बाँडफाँटबाट रु. ३१ करोड ९८
गत आ.व.को अ.ल्या. रु. ३४ करोड ५८ लाख ६७ हजार
संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, विशेष र समपुरक अनुदानबाट रु. १ अर्ब १ करोड ४३ लाख
प्रदेश सरकारबाट प्राप्त हुने शशर्त, समानीकरण, समपुरक तथा विशेष अनुदानबाट
रु. ७ करोड ३३ हजार रहेको छ ।
डट। कर तथा गैर कर राजश्वको विस्तृत विवरण र दरवन्दी विवरण आजै यसै सभामा पेश हुने आर्थिक विधेयक २०७९ अनुसूचीहरुमा र विनियोजन विधेयक २०७९ तर्फका ऐनका विभिन्न अनुसूचीहरुमा समावेश गरेको छु ।
डठ। बजेटले लिएका उद्देश्य लक्ष्य हासिल गर्न आवश्यक कानूनी प्रवन्ध तथा कार्यविधिहरु निर्माण गरिनेछ । नेपाल सरकारले जारी गरेको नमुना निर्देशिका, कार्यविधिलाई हाम्रो सापेक्षतामा मिलाई कार्यान्वयन गरिनेछ । सार्वजनिक क्षेत्रमा भएको अनुत्पादक खर्चलाई नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
डड। अति आवश्यक बाहेकका तालिम, गोष्ठी अध्ययन अवलोकन भ्रमणका कार्यक्रमहरु संचालन नगर्ने नीति लिएको छु ।
डढ। कर असुली नियमन वाहेक व्यवस्थापन पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन गरिनेछ ।
ढण्। प्रस्तुत बजेटको कार्यान्वयनबाट समग्रतामा अर्थतन्त्रमा देखिएको जटिल परिस्थितिका बीचमै रहेर नगरवासीहरुको सामाजिक आर्थिक क्रियाकलापमा बढोत्तरी हुने र जनजीवन सामान्य तर्फ उन्मुख भई राजश्वका लक्ष्य समेत हासिल हुने विश्वास लिएको छु ।
ढज्ञ। सार्वजनिक खर्च मितव्ययिता ल्याउन आर्थिक कार्यसञ्चालन निर्देशिका, २०७९ लाई परिमार्जन गरी लागू गरिनेछ ।
ढद्द। कार्यालयको सेवाप्रवाह र कार्यवोझको अध्ययन गराई सोही अध्ययनले गरेका सिफारिसका आधारमा कर्मचारीहरुको दरवन्दी तथा संगठन संरचनाको पुनरावलोकन गरिनेछ ।
सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरु
ढघ। उल्लेखित बजेट कार्यक्रम कार्यन्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरु आ.व. ०७९/०८० भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ । उल्लेखित बजेट कार्यक्रमहरु सफलता पूर्व कार्यान्वयन गर्न सकिएमा हामीले अगाडी सारेको “समानता, स्वाभिमान र अवसरयुक्त बुटवल” बनाउन सकिन्छ र पर्यटन, कृषि, उद्योग, बाणिज्य, शिक्षा, स्वास्थ्य तथा यातायात र सञ्चारको हवको रुपमा बुटवललाई स्थापित गर्दै जान सकिन्छ भन्ने दृढ विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्