एकीकृत समाजवादीका मन्त्रीहरुले लिए सपथ


appharu

१३ असार २०७९, सोमबार १५:३१ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।
शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले सोमबारबाटै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्