नेपालले अमेरिकालाई एसपीपीमा आवद्ध नहुने निर्णय पठायो : गृहमन्त्री खाँण


appharu

१३ असार २०७९, सोमबार १७:०८ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको बताए ।
६ असार २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने निर्णयको जानकारी गराउने निर्णय पनि गरेको थियो ।

सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाब परिरहेका बेला सरकारले परराष्ट्रमन्त्रालय मार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्