लायन्स देउरालीद्वारा तीन महिने निशुल्क मधुमेह शिविर शुरु


appharu

१७ असार २०७९, शुक्रबार १९:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल देऊरालीले तीन महिने निशुल्क मधुमेह (सुगर) जांच शिविर सञ्चालन गरेको छ । राजमार्ग चौराहामा रहेको बुटवल डायग्नोस्टिक सेण्टरमा सञ्चालन हुने ३ महिने निशुल्क मधुमेह जाँच शिविरको लायन्स डिस्ट्रिक्ट ३२५ पीका फस्ट भाइस गभर्नर अर्जुनमान सैजुले उद्घाटन गरेका छन् । लायन्स क्लब अफ बुटवल देऊरालीका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एरिया चिफ एम एल पाण्डे,रिजन चेयर पर्सन मिनाराज भण्डारी,लायन्स क्लब अफ बुटवल देऊरालिका संस्थापक अध्यक्ष टिकाराम बंजाडे थिए । कार्यक्रमको संचालन लायन्स क्लब अफ बुटवल देऊरालिका सचिब मोहनीलाल रिजालले गरेका थिए । लायन्स क्लब अफ बुटवल देऊरालिका प्रथम उपाध्यक्ष लायन दिपक पन्थीले स्वागत गरेका थिए । कार्यक्रममा करिब ५०० जना बिरामिले सेवा लिने बिस्वास एबं आशा गरीएको छ। लायन्स क्लब अफ बुटवल देऊरालिको बर्ष २०२२–२३ को पहिलो कार्यक्रम अन्तर्गत संचालन गरीएको यस कार्यक्रममा धेरै भन्दा धेरै लाई सेवा दिने लक्ष्य राखीएको छ।

प्रतिक्रिया दिनुहोस्