संघ र प्रदेश सांसदको चुनाव कार्तिकमै


appharu

२० असार २०७९, सोमबार ०७:१८ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कात्तिकमै हुने संभावना बढेर गएको छ । निर्वाचन आयोगले कार्तिक ३० को मितिमा चुनाव गर्न सरकारसंग प्रस्ताव गर्ने निष्कर्षमा पुगेको हो ।

कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताए ।

आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग गरेको छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको ती पदाधिकारीले बताए ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन अर्थात चार महिना अघि मिति घोषणा हुनुपर्ने बताए । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा गरेको अनौपचारिक छलफल क्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

स्रोतका अनुसार, ढिलोमा बुधबारसम्म आयोगले औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्नेछ ।

आयोगले दशैंविदा सकिए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष तर्फको मनोनयन प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। आगामी १० देखि २३ असोजसम्म दशैंविदा पर्छ ।

दशै सकिए लगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्