मंसिर २ वा ४ गते संघ र प्रदेश सांसदको चुनाव,माघभित्र राष्ट्रपति र उपराष्ट्रपतिको

appharu

२३ असार २०७९, बिहीबार ०७:१९ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । तर २ गते शुक्रबार मुस्लिम समुदाय मस्जिदमा जाने र नमाज पढ्ने दिन पर्ने हुनाले २ गतेको सट्टा ४ गते गर्न उपयुक्त हुने सुझाव आयोगका केही सदस्यले दिएका छन् ।
आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिका विषयमा परामर्श दिएका छन् । आगामी २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेको आयोगले थप ३ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि निर्वाचन आयोगका पदाधिकारीहरुले ७ फागुनको प्रजातन्त्र दिवस अगाडि नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन टुंग्याउने निर्णय गरेका थिए ।

निर्वाचन आयोगका एक पदाधिकारीका अनुसार, छलफलका क्रममा एक मन्त्रीले शुक्रबार मुस्लिम समुदाय मस्जिदमा जाने र नमाज पढ्ने दिन पर्ने हुनाले २ मंसिरको साटो ४ मंसिर आइतबार उपयुक्त हुने सुझाव दिएका थिए । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार उपयुक्त हुने बताएका थिए ।

प्रधानमन्त्री देउवाले भने मिति घोषणाका क्रममा एक दुई दिन तलमाथि भए अन्यथा नलिन आग्रह गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीहरुले भने निर्वाचनलाई ५ मंसिरभन्दा पछाडि नलैजान ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्