वाह ! मेयर हर्क राई : आफू चढ्ने स्कारपियो बेचेर सडकका खाल्डा पुर्ने रोलर किन्दै


appharu

२४ असार २०७९, शुक्रबार १०:१४ मा प्रकाशित

पालिकापत्र, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर चढने सरकारी स्कारपियो गाडी बेचेर सडकका खाल्डाखुल्डी पुर्ने रोलर मेसिन किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।
मेयर हर्क राईको यो घोषणालाई देशभरका नागरिकले दिलैदेखि स्वागत गरेका छन् । सरकारी सेवा सुविधा र भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिलाई मेयर हर्कले दलिो झापड हानेको टिप्पणी सामाजिक सञ्जालमा यत्रतत्र देख्न सकिन्छ ।

सुविधाभोगी जनप्रतिनिधिहरुले मेयर हर्क राईबाट थोरै भएपनि सिको गरे मुलुकले अनावश्यक आर्थिक भारबाट राहत पाउन सक्छ । मेयर राईको सच्चा देशभक्तिपूर्ण र जनप्रिय निर्णयको पालिकापत्र हृदयदेखि स्यालुट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्