एमाले नेता एम. अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको प्रमाण फेला


appharu

२९ असार २०७९, बुधबार १७:४५ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको पुष्टी भएको छ । एमालेले यही असार २६ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा ुअर्थ तथा योजना विभागुको सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।

एमालेले औपचारिक रूपमा यसको खण्डन नगरे पनि गभर्नर अधिकारी र पार्टीका केही नेताले व्यक्तिगत रूपमा खण्डन गरेका छन् । तर, अधिकारीको नाम यसअघिदेखि नै एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएको छ ।

एमालेले २०७३ जेठ २१ मा विभाग गठनपछि जारी गरेको प्रेस वक्तव्यमा पनि अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारी सदस्य थिए । उनको ठेगाना खोटाङ भनेर नै उल्लेख गरिएको छ ।

गभर्नर बन्नुअघिसम्म महाप्रासद नै रहेकोमा गभर्नर बनिसकेपछि नाम छोट्ट्याएर एम राखेको प्रस्टै बुझिन्छ ।

त्यतिबेलाको वक्तव्यमा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलको हस्ताक्षर थियो भने अहिले जारी भएको अपानिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेका छन् ।

नेकपा एमाले खोटाङका एक नेताले एम अधिकारी नाम गरेको पार्टी सदस्य जिल्लामा कोही नरहेको स्वीकारे । अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गभर्नरमा नियुक्त गरेको थियो । कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ । तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागकै सदस्य बनेको भन्दै उनको राजीनामा माग भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्