यी हुन् रुपन्देहीबाट जीपीए ४ ल्याउने ५ भाग्यमानी विद्यार्थी,कालिकाबाट १ जना, न्यू होराइजन र अक्सफोर्डबाट २–२ जना


appharu

१२ श्रावण २०७९, बिहीबार ०९:५४ मा प्रकाशित

पालिकापत्र,बुटवल । २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा रुपन्देहीका एक सामुदायिक र दुई संस्थागत (निजी) विद्यालयका ५ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । जीपीए ४ ल्याउनेमा सामुदायिक विद्यालय बुटवलको कालिका मानव ज्ञान माविका एकजना र निजी विद्यालयहरु न्यू होराइजन मावि बुटवल र अक्सफोर्ड मावि बुटवलका २–२ जना हुन् ।
कालिकाका छात्र विवेक न्यौपाने, बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलका स्प्रीया ढकाल र बिमर्श ज्ञवाली तथा अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएका छन् ।
जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएका थिए । गएका दुई वर्षका एसईईमा विद्यालयले आफै मुल्यांकन गरेर पठाएको नतिजा प्रकाशित हुंदा जिल्लामा जीपीए ४ ल्याउनेको संख्या धेरै थियो ।

प्रतिक्रिया दिनुहोस्