सिटिजन्स बैंकका ग्राहकलाई तिनाउ हस्पिटलमा छुट


appharu

१३ श्रावण २०७९, शुक्रबार १५:२८ मा प्रकाशित

पालिकापत्र,बुटवल । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा उपचार गर्दा छुट हुने भएको छ ।

बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौतामा बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख प्रदीपकुमार श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष चिरन्जिवी जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । ल्याब परीक्षणमा २० प्रतिशत, एक्सरेमा १०, बेड चार्जमा १५, भिडियो एक्सरेमा १०, ईसीजी इकोमा १० प्रतिशत र फिजियोथेरापीमा एक हप्ता गर्दा एक दिनको छुट पाउने सम्झौता भएको बैंकका बुटवल सुख्खानगर शाखा प्रबन्धक कृष्ण पन्थीले बताए । हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशीले प्रतिष्ठित बैंकसंग सहकार्य गर्न पाएकोमा खुशी लागेको बताए । बैंकको सुख्खानगर शाखा प्रबन्धक कृष्ण पन्थीको पहलमा छुट दिने सम्झौताले सार्थकता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्