युवा उद्यमी मञ्चद्वारा मौद्रिक नितिका गन्तव्य र चुनौति विषयमा अन्तरक्रिया


appharu

१८ श्रावण २०७९, बुधबार २२:४९ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा मौद्रिक निति ः गन्तव्य र चुनौति विषयक अन्तरक्रिया गरिएको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा नविल बैंकका डेपुटी सिईयो मनोज कुमार ज्ञवालीले राष्ट्र बैंक बाट हालै मात्रै सार्वजनिक भएको मौद्रीक नीतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मौद्रीक नितीः गन्तव्य र चुनौति विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले वित्तीय क्षेत्र र उद्यमशीलता विकास मा जोड दिएका थिए । उद्यमशीलता बाट नै देशको समृद्धी सम्भब भएको भन्दै यसमा जोड दिएका हुन । कार्यक्रममा नविल बैंक लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापा, सोही बैंकका बुटवल शाखा मेनेजर सुजित पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजु, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर प्रमुख प्रभास राई, नेपाली युवा उद्यमी मञ्च का पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान शैजु, अखिलेश गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य लगायतको सभागीता रहेको थियो ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लकौलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष सन्देश श्रेष्ठले गरेका थिए भने स्वागत द्धितिय उपाध्यक्ष रिषव वझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्