नेपालका नर्स बेलायत पठाउन सम्झौता


appharu

६ भाद्र २०७९, सोमबार १६:२२ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने बाटो खुलेको छ ।
नेपाल र बेलायतबीच जीटूजी अर्थात सरकार ण् सरकारबीचको समझदारी मोडलमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सो सम्बन्धी सम्झौतापत्रमा दुई देशका सरकारी प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।
श्रम सम्झौता नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरे ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि सामेबार हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’ का प्रतिनिधिका साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई स्वास्थ्य क्षेत्रमा श्रमिक लिन मापदण्ड तय गरिएको थियो । पहिलो चरणमा कम्तीमा एक हजार नर्स पठाउने गरी सम्झौता भएको जनाइएको छ । यद्यपि संख्याबारे अहिलेको सम्झौतामा उल्लेख छैन ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम ९आईईएलटीएस० परीक्षामा ६।५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् । साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्